
न्वारन हिन्दु धर्मका १६ संस्कारमध्ये एक अत्यावश्यक संस्कार हो। बालक जन्मिएको ११औँ दिनमा गरिने यस संस्कारमा शुद्धिकरण पश्चात शास्त्रअनुसार बालकको नाम राखिन्छ।ज्योतिषीय गणनाका आधारमा अक्षर चयन गरी नामकरण गरिने भएकाले यसले बालकको भविष्य, स्वास्थ्य र व्यक्तित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।